समयमै काम नसक्ने काठमाडौंका २४ ठेकेदारलाई अत्यन्त जरुरीपत्र, ३ दिनमा विवरण नआए पक्राउ गर्ने

<p>काठमाडौं । काठमाडौंमा विभिन्न आयोजनाको काम गरिरहेका २४ ठेकेदारलाई अत्यन्त जरुरी पत्र काटिको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ३ दिनभित्र आयोजनाको कामबारे विस्तृत विवरण पठाउन निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाका २४ विकास निर्माणका आयोजना प्रमुखलाई आज पत्र काटिएको बताए । &#8216;हामीले गृहमन्त्रालयको निर्देशन अनुसार २४ ठेकेदाारलाई जरुरी पत्र [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा विभिन्न आयोजनाको काम गरिरहेका २४ ठेकेदारलाई अत्यन्त जरुरी पत्र काटिको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ३ दिनभित्र आयोजनाको कामबारे विस्तृत विवरण पठाउन निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाका २४ विकास निर्माणका आयोजना प्रमुखलाई आज पत्र काटिएको बताए । ‘हामीले गृहमन्त्रालयको निर्देशन अनुसार २४ ठेकेदाारलाई जरुरी पत्र काटेका छौं, ३ दिनभित्र आयोजनाको विवरण नआए ठेकेदारलाई पक्राउ गर्छौ,’ घिमिरेले विकासन्युजसँग भने ।

सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसहित ११ स्थानीय तहमा आज पत्र पठाइएको छ ।

बिहीबार गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौँ कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो ।

निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फार्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको हो ।

Share News