२०१८ विश्वकप फूटवलको लागि कोकाकोला एन्थम सार्वजनिक

  २०७५ वैशाख ३० गते १७:५१     विकासन्युज

काठमाडौं । फिफा विश्वकप २०१८को लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । यो गित अमेरिकी पप स्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् । उनको यो संगितले विश्वकपमा नयाँ एक्साइटमेन्ट प्रदान गर्ने छ ।

जेसन डेरुलो एक विश्व प्रसिद्ध पप गायक हुन् । उनले यो अफिसियल भिडियो ‘कलर्स’ छाँयाकनको क्रममा आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । यो गित फिफा विश्वकपको २०१८ लागि कोकाकोला एन्थम रहेको छ । भिडियो रिलिज हुनुका साथै यस गितका लेखक तथा गायक जेसन डेरुलोले शोसल मिडियामा आफ्नो भिडियो हाल्दै लेखेका छन्, ‘मैले यो गीत लेख्दा आफ्नो दिमागमा एकताको बिचार गर्दै लेखेको हुँ ।’

यस भिडियोको निर्देशन मायामिको द किटाडिलिलाफेरियर (हाइटीको सबैभन्दा अग्लो स्थानमा रहेको गढी) मा गरिएको हो । हाइटियन मूलकै प्रसिद्ध गायक तथा अभिनेता वाईक्लेफ जेनको पनि यस भिडियोमा गितार बजाउदै गरेको छोटो उपस्थिति देख्न सकिन्छ । यस भिडियोमा संसारभरका मानिसहरू आ(आफ्नो सम्बन्धित राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठुलोे टूर्नामेंट मनाउन अगाडी बढिरहेको देख्न सकिन्छ ।

यसमा रहेका शब्दहरुले विविधताको प्रसंसा गर्दै सँगै अगाडि बढ्ने सन्देश झल्काउँछ । यसको सन्देश के हो भने हातमा आफ्नो देशको झण्डा बोकेर आफ्नो देशको प्रतिनिधित्व गर्नु हो । विश्वकप भनेको मनोरञ्जन गर्ने समय हो, सबै मिलेर रमाइलो गर्दै आफुलाई मनपर्ने टिमको सपोर्ट गर्दै यस पललाई रमणीय बनाउनु हो । कोकाकोला बिगत ४० बर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिदै आईरहेको छ ।

जेसन डेरुलोले भने , “कोकाकोलासँग मिलेर फिफा विश्वकप २०१८ को एन्थममा काम गर्नु मेरालागि अहोभाग्य हो । यो खेलसँग जोडिनु अत्यन्त सुखद अनुभब हो । यसको लागि म्युजिक ट्रयाक दिंदा मैले आफुलाई निकै सम्मानित महशुस गरेको छु । गीतमा भने जस्तै ‘एकतामा सुन्दरता हामीले भेटेका छौं’ । हामी दैनिक नकारात्मक समाचारको साथ जलमग्न हुन्छौ र त्यसका साथ सकारात्मक रहन गाह्रो छ । त्यसैले समाजमा परिबर्तन ल्याउन एकजुट भएर प्रयास गर्न बढी महत्वपूर्ण छ ।’