एनएमबि बैंकले पर्वतीय क्षेत्रको सम्वृद्धि गर्ने, आईसीआईएमओडीसँग सम्झौता

  २०७५ वैशाख २६ गते १८:४९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले नेपालको पर्वतीय क्षेत्रको आर्थिक, सामाजिक सम्बृधिका लागि र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट(आईसीएमओडी)सँग सहकार्य गर्ने भएको छ । सहकार्य सम्बन्धि सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईसीएमओडीका डाइरेक्टर जेनेरल डा. डेभिड मोलडेनले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सन्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्ने छन् । सम्झौताले पर्वतीय क्षेत्रको स्थानीय समुदायहरुका लागि मुख्य तीन कार्य क्षेत्रलाई संबोधन गर्नेछ जसमा बित्तिय क्षेत्रमा पँहुच, लगानीको प्रभाव र संस्थागत सामाजिक उत्तरदायित्व रहेको छ ।

एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला व्यवसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले सहकार्यहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.