९ प्रतिशत ब्याज दिने गरी २ अर्बको नागरिक वचतपत्र आउदै

  २०७५ वैशाख २५ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने २ अर्ब रुपैयाँको नागरिक वचतपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ५ वर्षका लागि वचतपत्र निष्कासन गर्न लागेको हो । वचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउने छन् ।

वचतपत्रको ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ । बचतपत्र धितो राखी यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने छ । वचतपत्र आउदो जेठ २ गतेदेखि जेठ २२ गतेसम्म बिक्री खुला हुने छ । २०८० जेठ २८ गते साँवा फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये वचतपत्र बिक्री गरेर ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.