सिभिल बैंकको ९ करोड ३१ लाखको सेयर कारोबार, यस्तो छ कारण

<p>काठमाडौं । सेयर बजार बढेको दिन सिभिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । मंगलबार सिभिलको प्रतिकित्ता १६८ रुपैयाँमा ५ लाख ७७ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार मध्ये सिभिलको मात्रै ९ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिभिलको सेयर मूल्य सस्तो हुनुका साथै गत आर्थिक वर्षमा [&hellip;]</p>

काठमाडौं । सेयर बजार बढेको दिन सिभिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । मंगलबार सिभिलको प्रतिकित्ता १६८ रुपैयाँमा ५ लाख ७७ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार मध्ये सिभिलको मात्रै ९ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सिभिलको सेयर मूल्य सस्तो हुनुका साथै गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई बोनस घोषणा गर्न लागेपछि लगानीकर्ता लोभिएर बढी सेयर किनेका हुन् । सिभिलको लाभांश घोषणा भएको छैन् । अन्य बैंकको तुलनमा सेयर मूल्य सस्तो हुनुका साथै आगामी दिनमा राम्रो प्रतिफल दिने आशामा लगानीकर्ताले सेयर किनेको एक ब्रोकरले बताए ।

गत वर्ष सिभिलले ३३ करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । सिभिलले चालु आर्थिक वर्षको ९ महिनामा नाफा १२७ प्रतिशत बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ३५ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १५ करोड ४४ लाख रुपैयाँ थियो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

Share News