राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष गुरङ्गद्धारा शपथ ग्रहण

  २०७५ वैशाख २३ गते १५:३९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ्गले आइतबार(अाज) पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त अध्यक्ष गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपाल समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शपथ खाएका हुन् ।

अध्यक्ष गुरुङ्ग नेपाल सरकार संचार मन्त्रालयका सचिव हुन् । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.