ध्रुव अधिकारीको नेतृत्वमा नेपाल कुराँश संघ गठन

  २०७५ वैशाख १५ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपाल कुराँस संघ गठन भएको छ । प्रथम साधारण सभाले ध्रुवराज अधिकारीको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।  कुराँश खेल मार्सट आर्टको एउटा बिधा अन्तर्गत पर्छ ।

राष्ट्रिय खेलकुद परिषदमा दर्ता भैसकेको संघको बरिष्ठ उपाध्यक्षमा जीवन राई चयन भएका छन् भने सचिवमा हरिराम ढुंगाना निर्वाचित भएका छन् ।सदस्यहरुमा भने सञ्जिव गुरुङ, यसु लामा र पद कुँवर निर्वाचित भएका छन् ।

उज्वेकिस्तानबाट सुरु भएको कुराँश खेल पछिल्लो समय संसारभर लोकप्रिय बन्दै गैरहेको छ । नेपालमा पनि कुराँश खेलको विकासका लागि संघ गठन गरिएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष जीवन राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.