ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली

  २०७५ वैशाख १३ गते ६:४४     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई आगामी ४ वर्षको लागि बैंकको सीईओमा नियुक्त गरेको हो ।

सीईओ कृष्णबहादुर कुँबरले राजीनामा गरेपछि उनले कार्यवाहक सीईओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

नव नियुक्त सिईओ ज्ञवालीको करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेको अनुभव, करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको अनुभव, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव रहेको छ । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ भने उनी वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.