ब्रिटिश अल्फाबिटा कप २०१८मा ‘द ब्रिटिस कलेज’ विजयी

  २०७५ वैशाख ११ गते १८:४२     विकासन्युज

काठमाडौँ । ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ प्रतियोगितामा ‘ब्रिटिश कलेज विजयी भएको छ । प्रतियोगिता ‘द ब्रिटिस कलेज’ र ‘अल्फाबिटा इन्सिट्युट प्राइभेट लिमिटेड’को संयुक्त आयोजनामा यही बैशाख १० र ११ गते धन्यन्तरी फुट्सल्, धुमबराहीमा भएको हो ।

उक्त कार्यक्रमलाई ‘अल नेपाल फुटबल एशोसियसन’ र ‘रेडबुल’ लगायत अन्य प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरुले प्रायोजित गरेका थिए । मुख्य प्रयोजकहरुमा एनआइसि एसिया बैंक (बैंकिङ पार्टनर), टर्किस एयरलायन्स (एयरलायन्स पार्टनर), दराज नेपाल (अनलाइन सपिङ पार्टनर), इन्टरनेट सेकुरिटी पार्टनर, भायानेट (इन्टरनेट पार्टनर), सुलुक्स सेन्टर (स्टाइल पार्टनर) रहेका थिए ।

विभिन्न विश्वविद्यालयका १६ अण्डर ग्रयाजुएट कलेजहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतिस्पर्धी टीमबाट शीर्ष विजेता‘ब्रिटिश कलेज’ र उपविजेता ‘किङ्ग्स् कलेज’ घोषित भएका छन् । टूर्नामेन्टको सर्वश्रेष्ठ खेलाडी ‘ब्रिटिश कलेज’ का धीरज थापा भए भने सर्वश्रेष्ठ किपरमा तेन्जीङ सामडुप घोषित भएका छन् ।

प्रतियोगितामा बिजेता हुने टोलीलाई नगद पुरस्कार सहित गिफ्ट ह्याम्परहरु अल्फा बेटा, टर्किस एयरलाइन्स, दराज नेपाल, इसेट, जुजु वर्यस, सुलक्स सेन्टरले प्रदान गरिएको थियो । टर्किस एअरलाइन्सका साहायक प्रवन्धक अब्दुल्ला ट्युन्सर केसीसीले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.