मेसीको कमाई रोनाल्डोको भन्दा ३२ मिलियन बढी, १ मिनेटको कमाई नै २५००० युरो

  २०७५ वैशाख ११ गते ११:४१     विकासन्युज

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी सबैभन्दा धेरै पैसा कमाउने फुटबल खेलाडी बनेका छन् । मेसीले रियल म्याड्रिडका क्रिस्टियनो रानाल्डोलाई पछि पार्दै सबैभन्दा धेरै तलब लिने फुटबल खेलाडी बनेका छन् ।

गत सिजन रोनाल्डोले मेसीभन्दा १०.५ मिलियन धेरै युरो लिएका थिए । यो सिजन भने मेसीले रोनताल्डो भन्दा ३२ मिलियन धेरै युरो लिएको फ्रान्स फुटबल म्यागेजिनले सार्वजनिक गरेको छ ।

अहिले मेसिको प्रतिमिनेट कमाई २५ हजार युरो रहेको छ । तेस्रो नम्बरमा रहेका सेन्ट पेरिस जर्मेनका खेलाडी नेइमार जुनियारले ८१.५ मिलियन युरो लिने गरेका छन् ।

यस्तै म्याड्रिडकै ग्यारेथ बेल ४ नम्बरमा परेका छन् । बेलले म्याड्रिडबाट वार्षिक ४४ मिलियन युरो लिदैं आएका छन् । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले बार्षिक २९ मिलियन युरो लिदैं आएका छन् ।

यस्तैगरी प्रशिक्षक तर्फ भने म्यान्चेस्टर युनाइटेडका जोजे माउरिन्होले सबैभन्दा धेरै तबल लिने गरेका छन् । उनले युनाइटेडबाट बार्षिक २६ मिलियन युरो लिदैं आएका छन् । दोस्रो नम्बरमा चीनीयाँ क्लबका प्रशिक्षक मार्सेल्लो लिपी उनले २३ मिलियन युरो लिदैं आएका छन्

त्यसैगरी बढि तलब लिने प्रशिक्षकको सुचिमा क्रमश तेस्रोमा एथ्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनी, चौथोमा रियल म्याड्रिडका जिनेदिन जिदान र पाँचौ स्थानमा म्यान्चेस्टर सिटीका पेप ग्वार्डिवाला रहेका छन् ।