माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

  २०७४ चैत २९ गते १८:२०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा शर्मा नियुक्त भएका छन् । चैत २८ गते बसेको बैंक संचालक समितिको बैंठकले शर्मालाई आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

२१ वर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग क्षेत्रमा काम शुरु गरेको थिए । पछि शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदैं शर्मा यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा कार्यरत थिए ।

उनले माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा व्यवस्थापकीय नेतृत्व गरिसकेका छन् ।

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मालाई कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्या भुषण (२०५४), महेन्द्र विद्या भुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.