काठमाडौं । बुढानिलकण्ठ नगरपालिका कार्यालय, काठमाडौंका उपसचिव प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारी र ईन्जिनियर बिजेन्द्र श्रेष्ठ ५ लाख घुस सहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदालिदै पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता दिर्घराज मैनालीका अनुसार उनीहरुले बुढानिलकण्ठ नगरपालिका वडा नं २ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङ्की निर्माण कार्य सम्पन्न गरे पश्चात कार्य अनुभवपत्र लिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागीरहेका थिए । त्यसपछि आयोगको कार्यालय टङ्गालले टोली खटाई रंगेहात पक्राउ गरेको हो ।
घुस बापतको रकम लिएको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं ३ को कार्यालय अगाडी सार्वजनिक सडकबाट निज प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारीको बा १८ च। ७०८७ नम्बरको कार सहित पक्राउ परेका हुन ।
त्यसैगरी ईन्जिनियर बिजेन्द्र श्रेष्ठको बा ७ च ५८९४ नम्बरको कार पनि नियन्त्रणमा लिइएको छ । उनीहरुमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।