एनआईसी एसिया बैंकले खुलायो ८० भन्दा बढीलाई जागिर, आवेदन दिने अन्तिम दिन अप्रिल २३

  २०७४ चैत २६ गते ९:०५     विकासन्युज

काठमाडौं । तपाई बैंकिङ जागिरको खोजिमा हुनुहुन्छ ? बैंकबाट आफनो करियर सुरु गर्न चाहानुहुन्छ ? अब

चिन्ता नलिनुस एनआईसी एसिया बैंकले विभिन्न तहका लागि ८० भन्दा बढीलाई जागिर दिने भएको छ ।

बैंकले सहायक प्रवन्धकदेखि सहायकसम्मका लागि विभिन्न तहका लागि सोमबार जागिर खुलाएको छ । २३ अप्रिल अर्थात वैशाखको पहिलो सातासम्म आफनो आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले सहायक प्रवन्धक १०, वरिष्ठ अधिकृत ३०, बजार अधिकृत ५, मार्केटिङ एजिक्युटिभ २५ र कार्यालय सहायकलाई भर्ना खुलाएको छ । यस्तै शाखा प्रवन्धक, सहायक प्रवन्धक, जुनियर अफिसर केही संख्यालाई मागेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.