२०७४ चैत २५ गते १९:५४ विकासन्युज
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकले चितवनको चनौली र मकवानपुरको हेटौंडा शाखाको फरक फरक कार्यक्रमबीच उद्घाटन गरेको छ ।
चनौली शाखा उद्घाटन उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले भिमनगर माबिका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेका थिए ।
हेटौंडा शाखा उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मकवानपुर बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रावृत्तिको घोषणा गर्दै शाखा तथा एटीएमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकको बिविध पक्षहरुको जानकारी गराएको जनाइएको छ । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी रु १६ अर्ब ३२ करोड कर्जा लगानी गरेकोछ।
त्यस्तै ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गर्नुको साथै बिना धितो १५ लाख रुपैयाँसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आएको बैंकको भनाइ छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.