महालक्ष्मी विकास बैंकद्धारा एसियन च्याम्पियनसिपका विजेता महर्जनलाई २ लाख रुपैयाँ प्रदान

  २०७४ चैत ७ गते १८:०७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ५०औँ एसियन च्याम्पियनसिपका विजेता महेश्वर महर्जनलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले खेलकुद विधा अन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको उक्त च्याम्पियनसिप उपाधि हासिल गर्ने महर्जनलाई सम्मान स्वरुप उक्त रकम प्रदान गरेको हो ।

साथै, खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान उच्च राख्ने हुँदा यस क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.