२०७४ चैत २ गते १८:२३ विकासन्युज
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको नेपालले सातौं स्थानको लागि भोली (शनिबार) नेदरल्यान्डसँग भिड्ने भएको छ ।
जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि नेदरल्यान्डको सामना गर्ने भएको हो । जिम्बामेमा हुने खेल नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
प्रतियोगितामा नेपालले पपुवान्यूगिनीलाई ६ विकेट र हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.