न्यायाधिश चोलेन्द्रशम्शेरले गरे प्रधानन्यायाधिश पराजुलीलाई बहिष्कार

  २०७४ फागुन २८ गते १३:३८     विकासन्युज

काठमाडौं । प्रधानन्ययाधीश गोपालप्रसाद पराजुलीको पुर्ण इजलास न्यायाधिश चोलेन्द्रशम्शेर जबराले बहिष्कार गरेका छन् ।  न्यायाधिश राणाले प्रधानन्यायधिश पराजुलीको अवकास गत साउनमै भएको दावी गर्दै सोमबार पुर्ण इजलास बहिष्कार गरेका हुन् ।

प्रधानन्यायाधिशको इजालस न्यायाधिशले बहिष्कार गरेको नेपालको इतिहासमा संभवत यो पहिलो घटना हो । प्रधानन्यायाधिश पराजुलीले कान्तिपुर पब्लिकेशन र प्रा.डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धित मुद्दा आफनोू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए ।

पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए पुर्ण इजलासमा थिए । अवकास पाइसकेका प्रधानन्यायाधिशसंग मुद्दा नहेर्ने भन्दै उनले इजलाससमेत बहिस्कार गरेपछि स्थगित भएको छ ।
प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेपछि पत्ता लागेको न्यायाधिश राणाले बताए । तर पराजुली आगामी बैशाखको पहिलो सातासम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.