गोल्डस्टारद्धारा सडक बालकहरूलाई सहयोग, पहिलो पटक अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुँदै

  २०७४ फागुन २५ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक तथा बजार व्यवस्थापक कम्पनी किरण सुम्यानुफ्याक्चरर्सले नेपाली सडक बालकहरूको टोलीलाई सहयोग गर्ने भएको छ । कम्पनीले आगामी २०७५ वैशाख ३१ देखि रुसको मस्कोमा आयोजना हुन लागेको सडक बालकविश्वकप फुटबल २०१८ मा सहभागी हुने उक्त टोलीलाई सहयोग घोषणा गरेको छ ।

नेपाली सडक बालकहरूको टोलीले कुनै पनिअन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले यो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेका सडक बालकहरूलाई सहयोग गर्न लागेको हो ।

किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भने, “खेलकुदको कार्यक्रम भन्ने बित्तिकै नै जुत्ताको कुरा सबैभन्दा अग्रणी स्थानमा हुन्छ । यस्तो परिस्थितिमा नेपालमा सर्वाधिक बिक्री हुने र रुचाइएको जुत्ता गोल्डस्टारको जिम्मेवारी र बोध दुवै पक्कै पनि छ । त्यसमाथि नेपालका सडक बालकहरू पहिलो पटक सडक बालकविश्वकप फुटबलमा सहभागी हुन लागेका छन् । यस्तो गर्वको क्षणमा हामीले आफू आबद्ध हुनुलाई गरिमामय मानेका पनि छौँ ।”

सडक बालकविश्वकप फुटबलले पिछडिएका, हेपिएका, छुट्याइएका, र दुत्कारिएका सडक बालकहरूप्रति समाजले हेर्ने नजरिया र दृष्टिकोणलाई परिवर्तन गर्ने हेतुले हरेक विश्वकप फुटबल हुने मौकामा यो खेलकुद कार्यक्रम गर्दै आएको छ । यसबाट बालबालिकाको शिक्षा, समाजमा स्तर, र सुरक्षणमा बढावा दिने लक्ष्य सडक बालकविश्वकप फुटबल २०१८को पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.