मानव संसाधनलाई संस्थागत परिवर्तनका लागि दुई दिने सम्मेलन हुने

  २०७४ फागुन २२ गते १८:१३     विकासन्युज

काठमाडौं । ग्रोथ सेलर्सले मानव संसाधन भेलाको ११औ संस्करण ‘एच् आर मिट २०१८’ आगामी चैत ५ र ६ गते आयोजना गर्ने भएको छ । सेलर्सले मानव संसाधन पुँजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्य सहित उक्त दुई दिने सम्मेलन गर्न लागेको हो ।

‘मानव संसाधनले परिवर्तन ल्याउन सक्छ, मानव संसाधनले हाक्न सक्छ’ भन्ने भावको उक्त सम्मेलनमा, मानव संसाधनका विषयमा आफ्ना सत्रहरू प्रस्तुत गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताहरू हुनेछन् । वक्ताहरूले आफ्ना सत्रहरू दि डिजाइन थिन्किंग वे (रुपरेखा सोच्ने तरिका) र एम्प्लोई इंगेजमेन्ट (कर्मचारी संलग्नता) विषयक प्रस्तुती दिनेछन् ।

२५० भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरूलाई लक्षित यस कार्यक्रमका प्रमुख आकर्षणमा प्रमुख कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूको प्यानल छलफल, समानान्तर सत्रहरू, प्यानल अन्तरवार्ता र तनाव व्यवस्थापन तथा काम र जीवनमा सन्तुलन सम्बन्धी एकल सत्रहरू रहेका छन् । यस सम्मेलनले कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरू बीच ‘रोजगारीको अवसर र सीपमा कमी’ का विषयमा प्यानल छलफल चलाउने योजना गरेको छ ।

आयोजकहरूका अनुसार, अघिल्लो वर्षको कार्यक्रममा ठुला व्यवसायिक प्रतिष्ठान, ब्यांकिंग, उत्पादन, सुचना प्रविधि, संस्थान, अरगैसस र देश भरका विभिन्न क्षेत्रका २ सय ६० जतिको सहभागिता रहेको थियो र यस संस्करणका लागि पनि यतिकै अपेक्षा राखिएको छ । मानव व्यवस्थापनमा इच्छुक मानव संसाधन र गैर मानव संसाधन पेशाकर्मीहरूले यस भेलामा भाग लिन सक्नेछन् ।

त्यसैगरि, आयोजकले सेजोनका सदस्यहरूका विकासका लागि आफ्नो वार्षिक प्रतिवद्दता अनुरूप मानव संसाधन भेलाको शुल्कबाट छुट्याइएको २५ हजार रुपैयाँ आर्थिक पत्रकार समाजको खातामा जम्मा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.