पाटन जेसीजको ‘न्यानो अभियान’ अन्तर्गत दलित बस्तिमा कम्बल र ब्ल्याङ्केट वितरण

  २०७४ फागुन १५ गते १२:५८     विकासन्युज

काठमाडौं । पाटन जेसीजले सुरू गरेको ‘जेसिज न्यानो अभियान’ले आफ्नो लक्ष्य पूरा गरेको छ । चिसो तथा शीतलहरका कारण तराईमा विपन्नवर्गका मानिसहरू प्रभावित भइरहँदा नेपाल जेसीजका चारवटै क्षेत्रमा पुगी, क्षेत्र ‘क’मा मलगंवा जेसीजसँगको सहकार्यमा पाटन जेसीजले पासवान बस्तीमा पुगेर दलित बस्तिमा कम्बल र ब्ल्याङ्केट वितरण गरेका थिए ।

त्यसैगरि पाटन जेसीजले क्षेत्र ‘ख’मा हेटौंडा जेसिसको सहकार्यमा हेटौंडास्थित ॐ वृद्धाश्रमको सञ्चालनमा सहयोग पुर्याउने हेतूले वृद्धाश्रमलाई नगद सहयोग समेत गरेको थियो ।

क्षेत्र ‘ग’ मा खुमलटारस्थित मञ्जुश्री वृद्धाश्रममा रहेका वृद्धाहरुलाई स्विेटर बितरण गरेका थिए । क्षेत्र ‘घ’मा गैडाकोट जेसिसको सहकार्यमा नेपालको सीमान्तृक कुमाल बस्तीको उत्थानको लागि त्यहाँका वृद्धहरुलाई नगद सहयोग गरेका थिए ।

‘विपन्न समुदाय र अशक्त मानिसहरूलाई गरिने सहयोगलाई हामीआफ्नो जिम्मेवारी ठान्छौं । यस्ता सामाजिक कार्यक्रमहरू हामी आगामी दिनहरूमा पनि गर्नेछौं’, न्यानो अभियानको समीक्षा गर्दै पाटन जेसीजकी उपाध्यक्ष ‘जेसीज न्यानो अभियान’की कार्यक्रम संयोजक जेसी रोजिना थापाले भनिन् ।

अभियानका समीक्षा गर्दै पाटन जेसीजका अध्यक्ष जेसी सुमन श्रेष्ठ भन्छन्, ‘देशको विभिन्न भागमा रहेको जेसीजका शाखाहरूसँग समन्वयगर्दै मानव सेवामा योगदान गर्नु नै हाम्रो उद्देश्य हो । यसका शाखाहरूलाई अझै विस्तार गर्दै हामी सामाजिक सरोकारका विषयहरूमा मानिसहरूसँग अझै धेरै अन्तरक्र्रिया, सहयोग र सेवा आदनप्रदान गर्न चाहन्छौं ।’

अध्यक्ष श्रेष्ठले अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायका साथै जेसीजका सबै पदाधिकारी र जेसी सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.