काठमाडौं । नबिल बैंकद्धारा सञ्चालित नबिल फाउण्डेसनले दोलखाको विद्यँलयलाई सहयोग गरेको छ । दोलखाका दुई विद्यालयलाई फाउन्डेसनले विभिन्न शैक्षिक सामाग्री प्रदान गरेको हो ।

शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयहरुमा श्री जागरण भिमेश्वर विद्यालय र श्री गुरासे प्राथमिक विद्यालय रहेका छन् । सो विद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई फाउन्डेसनका अध्यक्ष दयाराम अग्रावालले शैक्षिक समाग्री प्रदान गरे ।
कार्यक्रममा कालिन्चोक गाउपालिकाका अध्यक्ष बिन कुमार थामीको पनि उपस्थिती रहेको थियो ।