२०७४ फागुन ७ गते १६:२६ विकासन्युज
काठमाडौं । पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । सो कार्यक्रमलाई गण्डकी विकास बैंक लिमिटेडले सह-प्रायोजन गरेको थियो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमलाई सह-प्रायोजनका साथै आफ्ना सम्पुर्ण कर्मचारीहरु समेत सहभागी गराएको थियो । उक्त कार्यक्रममा बैकका अध्यक्ष जगनबहादुर गरुङ्ग, नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा, सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल र विभागिय प्रमुखहरु सहित अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बैंकले स्थापना कालदेखी नै शिक्षा, स्वास्थ्य, धार्मिक लागायत विभिन्न क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग पुर्याउँदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.