आरम्भ माइक्रोफाइनान्सद्धारा सहायक स्तरीय क्षमता अभिवृद्धि तालिम सम्पन्न

  २०७४ फागुन २ गते १७:०१     विकासन्युज

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आयोजनामा संस्थामा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

धुलीखेल तालिम केन्द्र, धुलीखेल काभ्रेपलाञ्चोकमा र माघ २९ गते संचालित तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले छोटो समयमा नै संस्थाले हासिल गरेको उत्साहजनक उपलब्धीको लागि सबै कर्मचारीहरुप्रति आभार प्रकट गरेका छन् । साथै, उनले सकारात्मक सोचका साथ उच्च मनोवल कायम राखि कार्यक्रमको गुणस्तरमा ध्यान दिई कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

उक्त एक दिने कार्यक्रममा संस्थाका विभागिय प्रमुख पुष्कर घिमिरे रसुवासमणी बस्ताकोटीले तालिम दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.