आर डब्लु संग्राममा ४ देशका रेस्लरहरुले प्रतिस्पर्धा गर्ने

  २०७४ माघ २९ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले फागुन १८ गते अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले पोखरा रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आर डब्लु संग्राम नाम दिएको प्रतियोगितामा ४ देशका रेस्लरहरुले भाग लिनेछन् । नेपालका तर्फबाट नुवाकोटे टाइगर, ठाकु, डेभिड साईन, ब्लेड, भिलेन, राम, रावण र टुप्पी ग्याडले प्रस्पिर्धा गर्नेछन् । अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई मनोरञ्जन दिने छन् ।

त्यसैगरी महिला प्रतियोगीका रुपमा रसियाकी मेफिस्तोका र नेपाली दिलासाले सहभागिता जनाउने आयोजकले जनाएको छ । यसअघि आयोजकले नेपाल तथा भारतका विभिन्न शहरमा रेस्लिङ प्रतियोगिता आयोजना गरिसकेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.