ग्लोबल आइएमई बैंकको थप २ नयाँ शाखा विस्तार, शाखा संख्या ११५ पुग्यो

  २०७४ माघ २१ गते १६:३१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार(आज) देखि पाल्पा जिल्लाको तानसेन तथा काठमाडौं जिल्लाको जोरपाटीमा थप २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले पाल्पा जिल्लामा पहिलो शाखा कार्यालय खोलेको हो भने काठमाडौं उपत्यका भित्र जोरपाटीमा ३५आैँ शाखा कार्यालय खोलेको हो ।

यस दुई नयाँ शाखा थप गरेसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ ।

बैंकले ७ वटै प्रदेशमा ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.