ज्योति विकास बैंकको नयाँ शाखा ठमेलमा

<p>काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय ठमेलमा उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमका बिच काठमाडौं नगरपालिकाका अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरीचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । बिहीबार बिहान बैंकका कर्मचारीले ठमेल सरसफाई कार्यक्रम गरे पश्चात उक्त शाखाको उद्घाटन भएको हो । साथै, बैंकले निकट [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय ठमेलमा उद्घाटन गरेको छ । बिहीबार एक कार्यक्रमका बिच काठमाडौं नगरपालिकाका अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरीचन्द्र खड्काले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

बिहीबार बिहान बैंकका कर्मचारीले ठमेल सरसफाई कार्यक्रम गरे पश्चात उक्त शाखाको उद्घाटन भएको हो ।

साथै, बैंकले निकट भविष्यमानै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य राखेको छ । हाल बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

Share News