काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । गत माघ १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई फाइनान्सको सिईओमा नियुक्त गरेको हो ।
उक्त सञ्चालक समितिले आगामी ४ वर्षको लागि फाइनान्सको सीईओ पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
नवनियुक्त सीईओ श्रेष्ठले माघ १७ गतेदेखि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालिसकेका छन् ।