ज्योति विकास बैंकको नयाँ शाखा दमकमा, थप १० वटा शाखा संचालनमा ल्याउने

  २०७४ माघ १६ गते १८:००     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा कार्यालय दमकमा उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा विशेष अतिथि दमकका अध्यक्ष टेकबहादुर थापाले मंगलबार एक कार्यक्रमका बीच उक्त शाखाकाे उद्घाटन गरेका छन् ।

यस बैंकको निकट भविष्यमा नै १०वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंकले आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्ब ४३ करोड ऋण लगानी गर्न सफल भएको छ ।

बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.