ज्योति विकास बैंकको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

  २०७४ पुष ३० गते १८:४८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार राजधानीमा सम्पन्न १० औं वार्षिक साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापूँजीकोे १० प्रतिशतका दरले हुुने २२ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको बोनस सेयर स्वीकृत गरेको हो ।

सभाले तत्कालिन राप्तीभेरी बिकास बैंकका शेयरधनीलाई संचालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्तापूँजीकोे ६ प्रतिशतका दरले हुुने ९४ लाख २३ हजार रुपैयाँ बोनस सेयर वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

यसपछि बैकको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ ।सो अवसरमा बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, लकर, एटिएम, ३६५ दिने बैंकिङ्गका साथै एबीबीएस सेवा समेत उपलब्ध गराएको छ ।

साविकको राप्तीभेरीलाई प्राप्ति गरे पश्चात ११ वटा नयाँशाखा संचालनमा आउने भएका छन् । यसपछि शाखा सञ्जाल ४९ वटा, १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।  हालसम्म बैंकले १३अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब १० करोड रुपैयाँ ऋण लगान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.