‘एभरेष्ट प्रिमियर लिग टी-२०’को उपाधि विराटनगर वारियर्सलाई

  २०७४ पुष १६ गते १७:५९     विकासन्युज

काठमाडौं । “एभरेष्ट प्रिमियर लिग टी-२०” क्रिकेट प्रतियोगिता (ईपीएल)को उपाधि विराटनगर वारियर्सले हात पार्न सफल भएको छ । एनआईसी एशिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले जितसँगै ट्रफी र नगद २१ लाख पुरस्कार प्राप्त गरेको छ ।

साथै, उक्त प्रतियोगिताको म्यान अफ दि सिरिजको पुरस्कार समेत सर्वाधिक रन बनाउन सफल विराटनगर वारियर्सकै बाबर हायातले हातपारेका छन् ।उक्त प्रतियोगिता अवधिभर बनेको कुल १४ अर्धशतकमा बाबरले ७ खेलमा ३ अर्धशतक प्रहार गर्दै कुल ३ सय १३ रन बनाएका थिए ।

कीर्तिपुरस्थित त्रि.वि.क्रिकेट मैदानमा पुस ३ गते देखि सञ्चालन भई शनिबार उपाधिका लागि भएको विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीचको फाईनल खेलमा विराटनगर वारियर्सले १ रनको रोमाञ्चक जित हातपारी उपाधि कब्जा गर्न सफल भएको हो ।

एनआईसी एशिया बैंकले स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्रबाट पनि देशकालागि महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले यस पटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको जानकारी दिएको छ । नेपालको खेल क्षेत्रको विकाशकालागी यो मुख्य प्रायोजन एक उदाहरणीय कदम भएको, साथै बैंकले खेल क्षेत्रमा अझ उल्लेखनिय योगदान गर्दै अगाडी बढने लक्ष्य लिएको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत, स्वास्थ्य, शिक्षा, वातावरण, समाजमा पिछडिएका, गरीब, असहाय, उत्पीडित वर्ग र जनतालाई सहयोग पुर्याउन छात्रवृत्ति, अनाथाश्रम तथा वृद्धाश्रमलाई आर्थिक सहयोग, दुर्गम र पिछडिएको क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनजस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको बैंकले जानकारीे दिएको छ ।

साथै, दैवीप्रकोपबाट प्रभावित जनतालाई राहत वितरण, ऐतिहासिक एवम् सांस्कृतिक महत्वका मठमन्दिरको जीर्णोद्धार, ग्रामीण बाटो निर्माण एवम् पूर्वाधार निर्माणजस्ता कार्यमा उदाहरणीय रूपमा सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.