क्रिसमस र नयाँ वर्षमा कुलप्याडको उपहार, ३ वटा स्मार्टफोनको मूल्य घटाउने

  २०७४ मंसिर २२ गते १८:४७     विकासन्युज

काठमाडौं । क्रिसमस र नयाँ वर्ष बोन्नाजाको अवसरमा कुलप्याड नेपालको ३ वटा स्मार्टफोनका मोडलहरुको मूल्य घटाउने निर्णय गरेको छ ।
कम्पनीका अनुसार यो अफर डिसेम्बर ४ देखि कुलवान(४ं६४ जीबी)नोट थ्रि यस र एन एक्स वानमा सिमित अवधिको लागि लागू हुनेछ ।

कुलवान १ नेपालकै पहिलो १३ं१३ एमपी डवल रियर क्यामेरा सेटअप भएको उत्कृष्ट स्मार्टफोन सेगमेन्टमा पर्दछ । कुलवान १ नोट थ्रि यसले यसको सुन्दर, उत्कृष्ट आइडी डिजाइनको लागि ई आई यस ए अवार्ड जित्न सफलभएको छ भने यसको पावर, पर्फेमेन्स ले राम्रो प्रभाव पारेको छ ।

कुलवान १ मा ३ हजार रुपैयाँको छुट दिइएको छ भने नोट थ्री एसमा दुई हजार रुपैयाँसम्मको छुट दिइएको छ । त्यस्तै एनएक्स वानलाई १२ सय ३० रुपैयाँ छुट दिइएको कम्पनीले जानकारी दिएको छ ।

यस बोन्नाजाअन्तर्गत अर्को मोडल कुलप्याड एन एक्स वान रहेको छ जसले फोरजी फोनको लक्जरी ल्याउने उद्देश्यले सस्तो मूल्यमा बजारमा उपलब्ध भईरहेको छ ।

डिसेम्बर २०१७को अन्त्य देखी कुलप्याड नेपालर जे आई पिएलले केही नयाँ फोन सानदार सुबिधाका साथ बजारमा ल्याउने योजना गरेको छ ।
जे आईपिएल र जयमा इन्टरकन्टिनेन्टल प्रा. लि. कुलप्याड स्मार्टफोनको एक मात्र आधिकारिक बिक्रेता तथा बजार प्रवर्धक हो । जे आई पिएल ले नयाँ प्रविधीद्वारा उत्कृष्ट सुविधा सही ठाउँमा दिने उद्देश्य राखेको छ । त्यसैले कुलप्याड नेपालले हालै काठमाडौंमा सुसज्जित सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.