सिनर्जी पावरको सञ्चालकमा ६ जना निर्वाचित, अध्यक्षमा विष्णुराज अधिकारी

  २०७४ मंसिर २२ गते १५:५१     विकासन्युज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको संस्थापक र सर्वसाधारण समूहबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् ।  हालै सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना सञ्चालक निर्वाचन प्रक्रियाबाट निर्वाचित गरेको छ ।

साथै, मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितको बैठकले संस्थापक समूहको सञ्चालक विष्णुराज अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । सोही बैठकले संस्थापक समूह कै सञ्चालक सुरेन्द्रबहादुर खड्कालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो ।

त्यस्तै, कम्पनीको संस्थापक समूहबाट अरुणसिंह बस्नेत र कल्याण विष्ट सञ्चालकमा निर्वाचित भएका छन् । त्यसैगरी, प्रकाश अधिकारी र गोपालप्रसाद आचार्य सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.