इक्रा नेपालको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त

  २०७४ मंसिर २१ गते १२:०१     विकासन्युज

काठमाडौं । इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् । गौतमले गत मंगलबारदेखि नै सो कम्पनीको व्यवस्थापकीय नेतृत्व समालेका छन् ।

गौतम यसअघि माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । करिब ३० वर्ष बैकिङ क्षेत्रमा बिताएका गौतमसँग जोखिम विश्लेषण र कर्जा लगानीमा राम्रो दख्खल छ ।

इक्रा नेपालले नेपाली कम्पनीहरुको क्रेडिट रेटिङ गर्दै आएको छ । पछिल्लो समय पब्लिक कम्पनीहरुले साधारण सेयर तथा हकप्रद सेयर निष्काशन गर्दा, एफपीओ जारी गर्दा, ऋणपत्र जारी गर्दा वा म्यूच्यल फण्ड जारी गर्दा सम्बन्धित कम्पनीले अनिवार्य क्रेडिट रेटिङ गर्नु पर्ने नीतिगत व्यवस्था भएकाले यस कम्पनीको भूमिका निकै महत्वपूर्ण रहेको छ ।

२०१२ देखि सञ्चालनमा आएको इक्रा नेपालको मुख्य लगानीकर्ता भारतको इक्रा कम्पनी हो । हाल क्रेडिट रेटिङ गर्ने इक्रा नेपाल एउटा मात्र कम्पनी हो भने निकट भविष्यमा नयाँ कम्पनी खुल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.