नबिल बैंकको सञ्चालकमा उपेन्द्र पौडेल नियुक्त

<p>काठमाडौं । नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गरेको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको छ । एनबी इन्टरनेशनलको मुख्य लगानीकर्ता विनोद चौधरी हुन् । पौडेल यसअघि एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । [&hellip;]</p>

उपेन्द्र पाैडेल

काठमाडौं । नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गरेको बैंकले जनाएको छ ।

नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको छ । एनबी इन्टरनेशनलको मुख्य लगानीकर्ता विनोद चौधरी हुन् ।

पौडेल यसअघि एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा करिव १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भई काम गरेको पौडेलसँग तीन दशकभन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

Share News