ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल

  २०७४ मंसिर १३ गते १३:०१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले कामु सीईओ पौड्यालाई सीईओमा नियुत्त गरेको हो । यसअघि बैंकमा डेपटी हुदै अनिल ज्ञवालीले राजिनामा गरेपछि कामु सीईओको रुपमा उनले काम गरेका थिए ।

पौड्याल भदौ २९ गते कामु सिइओ जिम्मेबारी सम्हालेका हुन् । उनले झण्डै ३ दशक बैंकिङ क्षेत्रमा बिताएका छन् । नबिल बैंकबाट बैंकिङ क्षेत्रमा जागिर सुरु गरेका पौड्यालले त्यहाँ ११ बर्ष काम गरेपछि एनआइसी एसियामा पनि काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.