गुराँस लाइफ इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

  २०७४ मंसिर ११ गते १५:४६     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नारायणकुमार भट्टराई नियुक्त भएका छन् । बैंकको संचालक समितिको १४२ औं बैठकले कम्पनीको सीईओ पदमा भट्टराईलाई नियुक्त गरेको हो ।

संचालक समितिले मंसीर ११ गतेदेखि लागु हुनेगरि भट्टराईलाई सिईओ पदमा ४ वर्षको लागि नियुक्त गरेको हो ।

नवनियुक्त भट्टराईले पुने यूनिभर्सिटीबाट बीएससी तथा म्यानीपुर यूनिभर्सिटीबाट एमबीए उपाधि हासिल गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब ९ वर्ष सेवा गरि मिति २०६८ साल मंसीर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा सहायक महाप्रबन्धक पदमा नियुक्त भएका भट्टराई मिति २०७० साल माघ १ गतेदेखि नायब महाप्रबन्धक पदमा बढुवा भएका थिए ।

कार्यरत अवधिमा कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुखको जिम्मेबारी कुशलतापुर्वक निर्वाह गरि सकेका भट्टराईले यस अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुख भई कार्य गरि सकेका छन् ।

जीवन बीमा क्षेत्रमा लामो अनुभव सँगालेका भट्टराईको नेतृत्वमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.