रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रविणरमण पराजुली नियुक्त

  २०७४ मंसिर ४ गते १७:३०     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ((सीईओ) मा प्रविणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीको सञ्चालन समितिले पराजुलीलाई सीईओमा नियुक्त गर्न गरेको प्रस्तावलाई बीमा समितिले स्वीकृत दिएको छ । कम्पनीले पराजुलीलाई ४ वर्ष अवधिको लागि सीईओमा नियुक्त गरेको हो ।

हाल नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत पराजुली करिब दुई महिनामछि मात्र रिलायन्समा जिम्मेवारी समाल्ने भएको छन् । उनी नेपाल मर्चेन्ट बैंक संघको संस्थापक र वर्तमान अध्यक्ष पनि हुन् ।

बैंकिङ र पुँजी बजारको राम्रो ज्ञान र अनुभव भएका पराजुलीको लागि बीमा क्षेत्र भने नयाँ हो । तर अध्ययन, व्यवस्थापकिय कुशलता र जनसम्मर्क अत्यान्तै राम्रो भएको, युवा जोश जाँगर भएकोले उनलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी स्रोतले बतायो ।

हाल यस कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल रहेका छन् । उनीसँग स्ट्याण्डर्ड चार्टर्डलगायतका बैङ्कमा १२ वर्षसम्म काम गरेको अनुभाव छ ।

यस्तै, कम्पनीको महाप्रवन्धकमा यस.के. तमोट रहेका छन् । उनीसँग बीमाक्षेत्रमा विगत ५० वर्षदेखि अनुभव छ । उनले यसअघि सिद्धार्थ इन्स्योरेन्समा महाप्रबन्धकमा दुई कार्यकाल काम गरेका थिए ।

कम्पनीका अध्यक्षमा ताराचन्द केडिया छन् भने सञ्चालकहरुमा पवनकुमार अग्रवाल, भरत कुमार तोडी र सुन्दर प्रसाद कँडेल रहेका छन् ।
दुई अर्ब १० करोड अधिकृत पुँजी रहेको यस कम्पनीमा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको शेयर जारी गर्ने बताएको छ ।

यस कम्पनीमा सिद्धार्थ बैंक, केडिया अर्गनाईजेशन, शिवशक्ति ग्रुप, बेगानी ग्रुप, रिलाईन्स ग्रुप, अग्नी होल्डिङ, शंकर ग्रुप लगायत संस्थागत सहित १ सय १३ जना प्रवर्धक रहेका छन् । बीमा समितिबाट गत कात्तिक २६ गते कारोबार गर्ने अनुमति पाएको एक कम्पनीले यस कम्पनीले मंसिर १ गतेदेखि औपचारिक कारोबार शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.