निर्वाचनको सुरक्षामा सचेत होऊ

  २०७४ मंसिर ३ गते १३:२१     विकासन्युज

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने दिन जति नजिकिदै छ, त्यतिनै विभिन्न राजनीतिक दलका उम्मेदवारमाथि आक्रमण बढ्दै गएको छ । केही दिनयता पहिलो चरणअन्र्तगत मंसिर १० गते निर्वाचन हुने क्षेत्रमा यस्ता घटना बढेका छन् ।

बारम्बार घटिरहेका श्रृङखलावद्ध आक्रमले सरकारको निर्वाचन सुरक्षामा प्रश्न उठेको छ । शुक्रबारमात्र नुवाकोटको ककनीमा काँग्रेका उम्मेदवार डा. रामशरणको चुनाव प्रचारप्रसारका लागि प्रयोग भएको बोलेरो जिपमा प्रेसरकुकर बम विष्फोट गराई क्षतिग्रस्त बनाइएको छ ।

रोल्पामा माओवादीका उम्मेदवारद्धय कृष्णबहादुर महरा, वर्षमान पुन र काँग्रेसका अमरसिंह पुनलाई लक्षित गरी वम प्रहार गरिएको छ । यस्तै गोरखामा नारायणकाजी श्रेष्ठ, म्याग्दीमा खमबहादुर गर्वुजा, भोजपुरमा शेरधन राईलाई लक्षित गरी वम विष्फोट गराईको समाचार आएका छन् । यस्तै अन्य उम्मेदवारलाई लक्षित गरी आक्रमण हुन थालेको छ ।

शनिबार सिन्धुपाल्चोकको क्षेत्र नम्बर दुईमा पर्ने मेलम्ची नजिकैको पुलमा प्रेसर कुकर बम भेटिएको छ । लम्जुङको बेसिसहरमा कित्ली वन विष्फोटनका लागि सडकमा राखिएको पाइएको छ । उम्मेदवार लक्षित आक्रमणले हालसम्म मानविय क्षति भएको छैन् । चुनाव हुने दिन जति नजिकिदै आएको छ, त्यति नै उम्मेदवारमाथि आक्रमण बढ्दै गएकाले मानविय क्षति नहोला भन्न सकिन्न । यसले चुनावी वातावरणलाई विथोल्ने काम गरेको छ ।

विष्फोटका घटना हुन थालेपछि राजनीतिक दलले यसको आरोप एक अर्कालाई लगाउन सुरु भएको छ । डा महतले वम विष्फोटन प्रतिस्पर्धी हितबहादुर तामाङले गराएको लगाएका छन् । यस्ता घटना बढ्न थालेपछि राजनीतिक दलले एकअर्कालाई विना आधार आरोप लगाउदा शान्ति सुरक्षालाई झनै खलल पुर्याउने देखिएको छ । यसमा दलका उम्मेदवार सचेत हुनुपर्ने देखिन्छ । दलका उम्मेदवार पनि सुरक्षा निकायको समन्वयमा आफना गतिविधि सञ्चालन गर्नुपर्छ ।

चुनावमा शान्ति सुरक्षाको प्रत्याभूति गराउने काम सरकारको हो । ठुला विष्फोटका घटना हुदा पनि सरकार गम्भीर नभएको देखिएको छ । गृहमन्त्रालयको जिम्मेबारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैले सम्हालेका छन् । यदी प्रधानमन्त्रीले यसमा ध्यान दिन सकेका छैनन भने नयाँ गृहमन्त्रीको नियुत्त हुनुपर्छ । पछिल्लो घटना क्रमले विप्लप समूह निर्वाचन भाड्न र शान्ति सुरक्षामा धावा बोल्न लागेको छ । यसले उम्मेदवारका अतरित्त मतदातालाई मतदानस्थलमा पुगेर आफनो मत दिनका लागि त्रास पैदा भएको छ ।

आक्रमणले शान्ति सुरक्षालाई ठुलो चुनौति दिएका बेला नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धन विभागले सुरक्षाका लागि थप सतर्कता अपनाएको बताएको छ । राज्यका सुरक्षा निकायले सुरक्षाको अवस्था मजवुत भएको बताइरहेका बेला दिनदहाडै वम विष्फोट हुनु र गोली चल्नुले सुरक्षा निकायको सुरक्षा प्रणाली माथि नै प्रश्न खडा गरेको छ ।

यता सरकारले ३ वटा घेराबाट सुरक्षा दिने बताइरहेको छ । चुनावका लागि भन्दै सेना परिचालनका अतिरित्त ७२ हजार प्रहरी, ४० हजार सशस्त्र प्रहरी र ९८ हजार २९६ जना म्यादी प्रहरी परिचालन गरिएको छ । यति हुदा पनि उम्मेदवार लक्षित विष्फोटनको घटना बढ्नु शान्ति सुरक्षामा सरकार चुकेको छ । यता प्रहरीले शुक्रबारसम्म निर्वाचन बिथोल्न खोज्ने विप्लप सूमहका १७५ जना पक्राउ परेका छन् ।

सरकारले उम्मेदवार र मतदान गर्ने मतदाता र मतदान स्थलको सुरक्षा गर्नका लागि विशेष योजना बनाउनु पर्ने देखिन्छ । अहिलेको सुरक्षा योजना विफल भइसकेको छ । घटना क्रमको विश्लेषण गरेर नयाँ सुरक्षा योजना तत्काल बनाइ सुरक्षा निकाय परिचालन बढाउनु पर्ने देखिएको छ । यदी आवश्यक परेमा सरकारले सेनालाई पनि परिचालन गर्न ढिलाइ गर्नु हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.