सिभिल बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

  २०७४ कार्तिक २० गते ८:३५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिभिल बैंकको नाफा ३ करोड रुपैयाँ घटेको छ । चालु आवको ३ महिनामा बैंकले ११ करोड ३३ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १४ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणमा नाफा घटेको जानकारी गराएको हो । बैंकले बढ्दो ब्याजदर र कर्जा जोखि व्यवस्थाले नाफा घटेको बैंकले जनाएको छ । बैंकको नाफा घटे पनि बैंकले ३ महिनामा प्रतिसेयर आम्दानी (ईपीएस) बढाएर ८ रुपैयाा ४९ पैसा पुर्याएको छ । गत असारमा यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा थियो ।

यस्तै ३ महिनामा बैंकको खराब कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा ४ प्रतिशत थियो । बैंकको लगात बढेर ८, कर्जा निक्षेप अनुपात ७६.४८, आधार दर ११.५५ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको निक्षेप परिचालन ३४ अर्ब २४ करोड रुपैयाँ छ । गत असारमा बैंकको निक्षेप ३४ अर्ब ११ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले निक्षेप बढाउन सकेको छैन् ।

कर्जा लगानी बढेर ३० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत असारमा २९ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा १ अर्ब ७५ करोड ६२ लाख रुपैयाँ छ । चुक्तापुँजी बढेर ५ अर्ब १८ करोड ५२ लाख रुपैयाँ छ । बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.