टिभिएसद्धारा एभरेष्ट प्रिमीयर लिग क्रिकेट प्रतियोगिता प्रायोजन, पुस ४ गतेदेखि शुरु

  २०७४ कार्तिक ८ गते १८:१४     विकासन्युज

काठमाडौं । टिभिएस कम्पनीले नेपालको एभरेष्ट प्रिमीयर लिगक्रिकेट प्रतियोगितालाई प्रायोजन गरेको छ । काठमाडौमा भएको एक समारोहमा टिभिएसको वितरक जगदम्बा मोटर्स प्रालि र एभरेष्ट प्रिमीयर लिगले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त प्रतियोगिता आगामी पुस ४ गतेदेखि काठमाडौं किर्तीपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमीयर लिग राउन्ड रोबिन लिगको ढाँचामा सञ्चालन हुनेछ । १२ दिनसम्म चल्ने उक्त प्रतियोगीतामा ६ समुहले १९ प्रतियोगीता खेल्ने छन् । उक्त क्रिकेट प्रतियोगीताको कुल पुरस्कार राशी २१ लाख रुपैंया रहेको छ ।

देशकै सबैभन्दा ठुलो क्रिकेट प्रतियोगीतामा प्रमुख प्रायोजन गरि सम्पुर्ण क्रिकेटको समृद्धिलाई टेवा पुर्याउन पाएकोमा कम्पनीले खुसी व्यक्त गरेको छ । जसरी क्रिकेट खेलले मेहनत, प्रतिवद्धता र उत्कृष्टतालाई प्रतिविम्वित गर्दछ, त्यसैगरी टिभिएस मोटर कम्पनीले पनि गर्दछ । नेपालको प्रख्यात क्रिकेट प्रतियोगीता एभरेष्ट प्रिमीयर लिगसंग सहकार्य गर्न पाउँदा खुसी लागेको कम्पनीका प्रमुख उपाध्यक्ष आर दिलीपले बताएका छन् ।

त्यस्तै, जगदम्बामोटर्सका प्रमुखनिर्देशक शहिलअग्रवालले पनि टिभिएस मोटर कम्पनी र जगदम्बा मोटर, नेपाली क्रिकेट खेलसँग सहकार्य गर्न अत्यन्त उत्साहित भएको जनाएका छन् । सम्पुर्ण नेपाली क्रिकेट पे्रमीयुवायुवती बिच क्रिकेट खेललाई लोकप्रिय बनाउन यो सहकार्यले ठुलो भुमिका निर्वाह गर्ने उनले बताए । साथै, युवा खेलाडि तथा िक्रकेट प्रेमीहरुलाइ यो प्रतियोगीताले अझै सहयोग गर्नेछ ।

एभरेष्ट प्रिमीयर लिग आफ्नो सुरुवाती दिन देखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट पे्रमीहरुको ध्यान खिच्दै आइरहनुका साथै व्यावसायिक संघ संस्थाहरुकोलाई आफ्नो वस्तुको बजारीकरण गर्ने माध्यम बन्दै गएको छ । टिभिएस मोटर कम्पनी, एभरेष्ट प्रिमीयर लिग जस्तो प्रख्यात क्रिकेट प्रतियोगीताको प्रमुख प्रायोजक हुन पाउँदा अत्यन्त गौरव महसुस गरेको एभरेष्ट प्रिमीयर लिगका प्रमुखनिर्देशक आमीर अख्तरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.