अर्जेन्टिनाले सन २०१८ को विश्व कप खेल्न नपाउने

  २०७४ असोज २० गते ९:२०     विकासन्युज

काठमाडौं । अर्जेन्टिनाले सन २०१८ को विश्व कप खेल्न नपाउने सम्भावना बढेको छ । बिहिबार राती आफ्नै घरेलु मैदानमा पेरुसँग बराबरीमा रोकिएपछि रुसमा आयोजना हुने विश्व कप खेल्न नपाउने अवस्थामा अर्जेन्टिना पुगेको हो ।

१७ खेलबाट २५ अंक जोडेको अर्जेन्टिना छैठो स्थानमा छ । समान खेलबाट समान अंक जोडेको पेरु भने गोल अन्तरका कारण पाँचौं स्थानमा छ । अब अर्जेन्टिनाले आफ्नो अन्तिम छनौट खेल इक्वेडरसँग खेल्दैछ । सो खेल जितेपनि रुस विश्व कपमा आफ्नो सहभागीता सुनिश्चित गर्न भने अर्जेन्टिनाले अन्य टोलीहरुको खेलको नजिता कुर्नुपर्नेछ ।

दक्षिण अमेरिकी समुहबाट ब्राजिलले रुस विश्व कपमा आफ्नो सहभागीता सुनिश्चित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.