आयल निगमका कार्यकारी निर्देशकमा प्रेम आचार्य नियुक्त, भन्छन्- ‘निगमलाई पारदर्शी बनाउँछु’

<p>काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेम प्रसाद आचार्यलाई नियुक्त गरेको छ । बुधबार बसेको आपूर्ति मन्त्री सहितको बैठकले मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत आचार्यलाई निगम प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्रालयले अर्को आदेश नआउन्जेल शर्मालाई नै कार्यकारी निर्देशकका रुपमा काम सुम्पेको मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलले जानकारी दिए । आचार्यले शुक्रबारदेखि औपचारिक [&hellip;]</p>

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेम प्रसाद आचार्यलाई नियुक्त गरेको छ ।

बुधबार बसेको आपूर्ति मन्त्री सहितको बैठकले मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत आचार्यलाई निगम प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्रालयले अर्को आदेश नआउन्जेल शर्मालाई नै कार्यकारी निर्देशकका रुपमा काम सुम्पेको मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलले जानकारी दिए ।

आचार्यले शुक्रबारदेखि औपचारिक रुपमा कार्यकाल थाल्नेछन् । नियमित कार्यकालमा पारदर्शी ढंगले अघि बढ्ने आचार्यले बताए । उनले विकासन्युजसँग कुरा गर्दै भने, ‘मन्त्रालयले सुम्पेको जिम्मेवारीलाई अनुशासन सहित पालना गर्नेछु ।उपभोक्ताको हितमा रहेर आयल निगमको सञ्चालनलाई पारदर्शी ढंगले सञ्चालन गर्नेछु ।’

गत सोमबार मन्त्रिपरिषधले जग्गा खरिदमा अनियमितता गरेको ठहर गर्दै गोपाल बहादुर खड्कालाई कार्यकारी निर्देशकबाट पदच्युत गरेको थियो ।

Share News