ग्लोवल आईएमई बैंकको डेपुटी सीईओमा सुमन शर्मा नियुक्त, जनक शर्मालाई सीईओ बनाउने तयारी

  २०७४ असोज ४ गते ११:३८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन शर्मालाई नियुक्त गरेको छ । शर्मालाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको सो बैंकको सञ्चालक समिति सदस्य सुमन पोखरेलले बताए ।

शर्मा यसअघि माछापुच्छ्रे बैंकमा डेपुटी सीईओ थिए । आफू ग्लोवल आईएमई बैंकमा आवद्ध हुने लागेको तर प्रक्रिया केही प्रक्रिया बाँकी रहेको शर्माले बताए ।

शर्माले माछापुच्छ्रे बैंकबाट राजीनामा दिएका छन् । तर उनको राजीनमा स्वीकृत हुन बाँकी छ ।

नेदरल्याण्डबाट एमबीए गरेका शर्मासँग बैकिङ क्षेत्रमा करिव २० वर्ष काम गरेको अनुभव छ । सन् १९९७ मा एसविआई बैंकबाट बैकिङ सेवामा प्रवेश गरेको शर्माले सो बैंकमा ८ वर्ष, एनएमबी बैंकमा करिव १४ वर्ष काम गरिसकेको अनुभव छ । शर्मा माछापुच्छ्रे बैंकमा विगत तीन वर्षदेखि डेपुटी सीईओ थिए ।

जनक शर्मा पौड्याललाई सीईओ बनाउने तयारी

डेपुटी सीईओमा शुमनको नियुक्तीसँगै कामु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने सम्भावना अधिक देखिएको छ । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएपछि बैंकले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

तीन दशक बैकिङ सेवामा सक्रिय पौड्याल विगत १० वर्षदेखि ग्लोवल आईएमई बैंकमा सेकेण्ड म्यानको भूमिकामा थिए ।

बेलायतबाट एमबीए गरेका पौड्यालले नविल बैंकमा ११ वर्ष काम गरेका थिए । एनआईसी र लक्ष्मी बैंक स्थापना गर्ने क्रममा उनी ती बैंकको उच्च व्यवस्थापन टिममा रहेर काम गरेको थिए । पढाईको सिलसिलामा बेलायतको बैंकमा काम गरेको अनुभव समेत छ उनीसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.