तराई डुवानले नेपालको अर्थतन्त्र खुम्चियाे, आर्थिक वृद्धि ४.६ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण

  २०७४ असोज १ गते १४:१२     विकासन्युज

काठमाडौं । तराइमा बाढी र डुवानले गर्दा यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चिने भएको छ । चालु वर्ष आर्थिक वृद्धि खुम्चिएर ४.६ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ ।

 

विश्व बैंकको अनुमानअनुसार सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

सरकारले केन्द्रबाट स्थानिय तहमा बजेट पठाए पनि अझै पनि खर्च गर्नका लागि कानूनी आधार नभएकाले आगामी वर्ष संघीय संरचनामा बजेट कार्यन्वन चुनौतिपुर्ण देखिएको भन्दै बैंकले सचेत गराएको छ ।

गत आवमा मौसमको अनुकुलताले कृषिमा सुधार, लोडसेडिङ हटेपछि औद्योगिक उत्पादनमा बढेत्तरी, पुननिर्माणमा गति र सेवा क्षेत्रमा राम्रो भएपछि समग्र आर्थिंक क्षेत्रमा विस्तार आई साढे ७ प्रतिशत भएको थियो ।

विश्व बैंकले आइतबार नेपाल विकास अध्यावधि (नेपाल डेभलपमेन्ट अपडेट) प्रतिवेदन सार्वजनिक गर्दे आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको हो । तराई बाढी र डुवानले कृषिमा ठुलो क्षति गरेको, उपभोगमा कमी र वैदेशिक रोजागमारमा जानेको संख्यामा आएको कमीले रेमिट्यान्स आप्रवाह वृद्धि दर घट्दै गएका कारण आर्थिक वृद्धि कम हुने विश्व बैंकका अर्थशास्त्री सुदुम्न दाहालले बताए ।

उनकाअनुसार बाढी र त्यसपछिको डुवानले ६४ हजार हेक्टर क्षेत्रफलमा धानबालीमा क्षति पुगेको छ । तराई डुवानमा १ खर्ब बढी नोक्सान भएको प्रारम्भीक अनुमान छ । कुल जनसंख्याको ५ प्रतिशत बढी प्रभावित भएको बैंकले अनुमान गरेको छ ।

यस्तै रेमिट्यान्स आप्रवाहमा वृद्धिमा भएको कमीले गर्दा उपभोगमा खर्च घटेको र यसले आर्थिक क्रियाकलामा कमी ल्याउदा वृद्धिमा असर पुग्ने उनको तर्क छ । रेमिट्यान्स आप्रवाह वृद्धिदर घट्दो क्रममा र आयात अत्याधिक बढेको र निकासीमा कमी आएपछि विदेशी मुद्रा संचितीमा दवाव बढेर शोधानान्तर वचतमा घट्ने अनुमान गरिएको छ ।

उनले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि दर अझ घट्ने जानकारी दिए । उनका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि दर ४.५ प्रतिशतमा खुम्चिने छ ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको २.७, उद्योगको ३ र सेवा क्षेत्रको ५.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । गत आवमा कृषिको ५.३, उद्योगको १०.९ र सेवा ६.९ प्रतिशतले विस्तार हुदा आर्थिक वृद्धि साढे ७ प्रतिशत पुगेको थियो ।

यस्तै गत आवमा उपभोत्ता मुल्य वृद्धि साढे ४ प्रतिशत रहेकोमा यो वर्ष बढेर साढे ५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । यस्तै आगामी वर्ष अझ बढेर साढे ६ प्रतिशत पुग्ने बताइएको छ । मूल्य वृद्धि दर घटेर १३ वर्षपछिको रेकर्ड कायम गरेको छ ।

तीन तहको निर्वाचनपछि मुलुक संघीयता कार्यन्वयन सुरु भएपछि वित्तीय असन्तुलन बढ्ने अनुमान गरिएको छ । यो वर्ष असन्तुलन बढेर ४.३ प्रतिशत पुग्ने दाहालले बताए । उनकाअनुसार गत आवमा ३.३ प्रतिशत थियो । आगामी आवमा अझ बढेर ४.६ प्रतिशत पुग्ने देखिएको छ ।

कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) ऋणको अंश पनि बढ्ने भएको छ । चालु आवमा जीडीपीको अनुपातमा ऋण २९.४ र आगामी वर्ष ३१ प्रतिशत पुग्ने उनको भनाई छ । गत आवमा २७.६ प्रतिशत थियो ।

सरकारले उठाउने राजश्व संकलन लक्ष्य भन्दा बढी भएको देखाएको छ । यस्तै खर्च गर्ने क्षमतामा आएको कमीले वृद्धिमा असर गर्ने ठहर गरेको छ ।

स्थानिय, प्रदेश र केन्द्रका गरी ३ तहको निर्वाचनले चालु खर्च मात्र बढाउने तर पुँजीगत खर्चमा कमी ल्याउने बैंकको अनुमान छ । यस्तै राजनीतिक अस्थिरताले पनि वृद्धिमा असर पुर्याएको बैंकको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.