आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने, प्रतिव्यक्ति आय १४ सय ५६ पुग्ने अनुमान

  २०८१ जेठ १३ गते १२:२५     विकासन्युज

barsaman_punकाठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति प्रतिवेदन संसदमा पेस गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका विपक्षी दलको अवरोधका बीच उनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेस गरेका हुन् ।

उनले आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान प्रस्तुत गरेका छन् । उनले निर्माण क्षेत्र सिथिल भए पनि कृषि र सेवा क्षेत्रमा भएको सुधारले ३.९ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान सार्वजनिक गरेका हुन् ।

उनले प्रदेशगत रुपमा बागमती, गण्डकी र लुम्बिनीको औसत आर्थिक वृद्धिदर सन्तोषजनक रहेको बताएका छन् । चालु आवमा कुल लगानी २.८ प्रतिशत बढेर १७ अर्ब ४१ अर्ब ४८ करोड रुपैयाँ पुग्ने र प्रतिव्यक्ति आय १ हजार ४५६ रुपैयाँ अमेरिकी डलर पुग्ने अनुमान रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.