भारतको फ्लिपकार्टमा गुगलको २ अर्ब लगानी

  २०८१ जेठ १२ गते १८:०७     विकासन्युज

काठमाडौं । अग्रणी आईटी कम्पनी गुगलले वालमार्टको स्वामित्वमा रहेको ई–कमर्स कम्पनी फ्लिपकार्टमा ३५ करोड अमेरिकी डलर अर्थात करिब २ अर्ब ९ करोड ७० लाख भारु लगानी गरेको छ ।

गुगलले यो लगानी हालै फ्लिपकार्टले १ अर्ब डलर हासिल गर्न गरिरहेको फन्डिङ राउन्डमा गरेको हो ।

फ्लिपकार्टले यो राउन्ड सन् २०२३ मा सुरु गरेको थियो । यससँगै यो फ्लिपकार्टको साझेदार बनेको छ ।

अब अमेजन, मीशो, जियो मार्ट र टाटा डिजिटलले भारतीय ई–कमर्स क्षेत्रमा कडा प्रतिस्पर्धाको सामना गर्न सक्छ । फ्लिपकार्टले वर्तमान राउन्डमा कोष जुटाउन १ अर्ब डलर उठाउँदैछ ।

फ्लिपकार्टले आफ्नो मूल कम्पनी र अमेरिकी रिटेल विशाल वालमार्टबाट ६० करोड डलरको वित्तीय सहयोगको आश्वासन पनि प्राप्त गरेको छ ।

लगानी सर्तबारे जानकारका अनुसार यो लगानी राउन्डमा फ्लिपकार्टको मूल्य ३५–३६ अर्ब डलर छ, जुन गत वर्ष फोनपे समूहबाट अलग भएपछि ३३ अर्ब थियो ।

अमेरिकी रिटेल विशाल वालमार्ट, जसको भारतीय ई–रिटेलरमा ८५ प्रतिशत हिस्सेदारी छ । गत वर्ष सुरु भएको कोष अभियानमा ६० करोड डलर लगानी गरेको छ ।

‘गुगलको प्रस्तावित लगानी र क्लाउड सहकार्यले फ्लिपकार्टलाई आफ्नो व्यवसाय बढाउन र देशभरिका ग्राहकहरूलाई सेवा दिन यसको डिजिटल पूर्वाधारलाई आधुनिकीकरण गर्न मद्दत गर्ने छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.