बिहिबारदेखि १६औं आइईएफ सम्मेलन सुरु, सिंचाई मन्त्रीले भने, ‘उद्यमशिलता अघि बढेमात्र राष्ट्र सफल हुन्छ’

  २०७४ भदौ २९ गते १६:३७     विकासन्युज

काठमाडौं । सिंचाइ मन्त्री सञ्जयकुमार गौतमले उद्यमशिलतालाई दिगो रुपमा अघि बढाउन सकेमात्रै ब्यक्तिगत तथा राष्ट्रिय सफलता हासिल हुने बताएका छन् ।

नेपालमा बढ्दै गइरहेको श्रम तथा बौद्धिक पलायनले समस्या श्रृजना गरिरहेको औल्याउँदै उनले वैकल्पिक जिविकोपार्जनका लागि उद्यमशिलताको विकास तथा प्रबद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने  बताएका हुन् ।

बिहीबार राजधानीमा आयोजित दिगो उद्यमशिलता तथा आर्थिक विकास १६ औं इन्टरनेशनल आन्टरप्रेनर सिप फोरम (आइएफ) सम्मेलनको उद्घाटन गर्दै मन्त्री गौतमले नेपालमा तत्कालिक रुपमा उद्यमशिलताको विकास गनुपर्ने हालको परिप्रेक्षमा आइ ई एफ सम्मेलनको आयोजना सान्दर्भिक भएको बताए । विश्वास व्यक्त गरे।

सम्मेलनकाप्रमुखवक्ता इसेक्स विजनेश स्कुलका प्रफेसर जय मित्राले उद्यमशिलता सम्पूर्ण संसारलाई गति दिनका आवश्यक नयाँ विचार तथा समाधानको खोजी भएको बताए । सोका लागि आवश्यक नयाँ प्रविधीको आवश्यकता औल्याउँदै उनले मानव शंसाधन, प्रविधी र आर्थिक, समाजिक तथा वातावरणिय श्रोतहरुको दिगो प्रयोग माथि जोड दिए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर यूवराज खतिवडाले दिगो विकास लक्ष्य र सो लक्ष्यहरु हासिल गर्नका लागि नेपालले गरिरहेको पहल बारे प्रकाश पारे । कतिपय दिगो विकास लक्ष्य हासिल गर्नका लागि हालको संस्थागत संरचना बाधक रहेको बताउँदै सो संरचनालाई गम्भिरतापूर्वक सच्याउनुपर्ने खतिवडाले बताए । यसका साथै लक्ष्यहरुलाई पछ्याउन सहज गराउने उदेश्यका साथ नेपाल सरकारले सन् २०१५ मा राष्ट्रिय प्रतिवेदनतयार गरेको जानकारी दिँदै उनले लक्ष्य हासिल गर्ने दिशामा संचालन गरिनुपर्ने क्रियाकलापहरुलाई प्राथमिकता दिनका लागि दिगो विकास लक्ष्यलाई हालको राष्ट्रिय योजनामा पारिएको उनले बताए ।

सम्मेलनको पहिलो दिन आज देशी तथा २० वटाभन्दा बढी राष्ट्रका विदेशी शिक्षक तथा विधार्थी, उद्यमी, विज्ञ, अनुसन्धानकर्ता, व्यापारी तथा व्यवसायी तथा विकास संस्थाका प्रतिनीधिहरु गरी ५०० जनाभन्दा बढीले सहभागी रहेको आयोजकले जानकारी दिएका छन् । सन् २००१ मा इटालिको नेपल्सबाट सुरु भएको यस सम्मेलनको आयोजना हालसम्म चीन, भारत, दक्षिण अफ्रिका, कोलम्बिया, टर्कि, बहराइन, इटाली, लुथिनिया तथा लाट्भीयामा भइसेकेको छ । यसबाहेक मेडेप परियोजनाअन्तर्गत छानिएका १० उत्कृष्ट बस्तुहरुको प्रदर्शनीको उदेश्यका साथसम्मेलनमा १३ वटा स्टलहरु पनि राखिएको छ ।

साथै, सम्मेलनको दोश्रो दिनभोली पाँचवटा सफल उद्यमशिलताको यात्रा सम्बन्धि भिडियो पनि देखाइनेछ जसमा उत्कृष्ट चयन हुने एक भिडियोलाई ५० हजार रुपैँया राशि बारबरको पुरष्कारले सम्मान गरिने आयोजकले बताएका छन् ।

“सबै खाले श्रोतहरुको प्रचुरताको बाबजुतपनि नेपालले सामाजिकतथाआर्थिक विकास हासिलगर्नका लागितिश्रोतहरुलाई सदुपयोग गर्न सकेको छैन,”कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले भने, “यी तथा अन्य यस्ता समस्याहरुको दिर्घकालीन समाधानका लागि नै नेपाललाई बढी भन्दा बढी नविन सोच तथा सम्पूर्णरुपले जाँगरिला उद्यमीहरुको खाँचो परेको हो ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.