ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा नियुक्त

  २०७४ भदौ २८ गते १६:५३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको राजीनामा स्वीकृत गर्दै कामु कार्यकारी प्रमुखको जिम्मा दिएको बैंकका सञ्चालक सुमन पाेखरेलले जानकारी दिए ।

पौड्याल यसअघि ग्लोबल आईएमई बैंकमै डेपुटी सिईओमा कार्यरत थिए । बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत बाहिरबाट नल्याई भित्रबाटै प्रमोशन गर्ने तयारी गरेको बताईएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आ.व.२०७३/०७४ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश ( १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्व ८८ करोड रुपैयाँ पुग्ने छ । यस बैंकले आ.व.२०७३/७४ मा २ अर्व ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

१ खर्ब २ अर्व निक्षेप, ८४ अर्व ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल १११ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, ११९ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा ४६ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.