नेपाली सेनाले १५० जना अधिकृत क्याडेटका लागि भर्ना खुलायो, असोज २४ सम्म आवेदन दिनुपर्ने

  २०७४ भदौ २७ गते ९:५४     विकासन्युज

काठमाडौं । नेपाली सेनाले १५० जना अधिकृतका लागि जागिर खुलाएको छ ।

सेनाको जंगी अड्डाले अधिकृत क्याडेटमा १३ जना महिला, २२ जना आदिवासी जनजाती, १९ मधेशी, १० जना दलित, ३ जना पिछडिएको क्षेत्र र खुलातर्फ ८३ जनाका लागि जागिर खुलाएको छ ।

भदौ २७ देखि असोज २५ गतेसम्म जागिरका लागि निवेदन दिनुपर्ने अड्डाले जानकारी दिएको छ ।
प्रमाणपत्र योग्यता पुग्नेको उमेर न्युनतम १८ देखि २१ र स्नातक पास गरेकाको उमेर बढीमा २४ वर्ष हुनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.