बेलुराम धितालकाे “मखमली दशैं” बजारमा, पल्टने जीबनकाे कहानी

  २०७४ भदौ २६ गते ९:३६     विकासन्युज

निकै वर्षदेखि आफ्नो घर परिवारसंगै दशैं मान्न नपाएका गायक बेलुराम धिताल यो साल भने आफ्नो घरपरिवारसंग दशैं मान्न आफ्नै गाउँ जाने भएका छन् । पल्टने जीबन अगाडी बढाई रहेका बेलुराम गत वर्षहरुमा आफुलाई देशले दिएको अविभाराको कारण यस्ता विभिन्न पर्व मान्न गाउँ जान पाएका थिएनन् ।


तर यो साल भने सबै तारतम्मे मिलाएर दशैं मान्न गाउँ जाने भएका हुन् । उनले यो कुरा एक सांगीतिक कोसेली मार्फत सार्बजनिक गरेका छन् । “मखमली दशैं” नामकरणको साथमा बजारमा आएको यस गीतमा गायक बेलुरामलाई गायिका जमुना सनमले साथ दिएकी छिन् । प्रस्तुत गीतमा लय शब्द पनि गायक स्वयम् बेलुरामको नै रहेको छ । सनम क्रिएसनले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, आरुषी मगर, बिक्रम बजगाईं र बिष्णु बन्जाराको मन छुने अभिनय रहेको छ ।

भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन पवन सिम्खडाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.